आज ठूलो एकादशी

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते २:३५ मा प्रकाशित

Tulasi-mathकाठमाण्डु, २७ कात्तिक–आज हरिवोधनी अर्थात ठूलो एकादशी । हिन्दू धर्मालम्बीहरुले आज तुलसीको मठको पूजा गरी तुलसी बिवाह गर्ने गर्छन् । घरघरमा रहेका तुलसीका मठ सिंगारपटार गरी मठ छेउमा साल, बाँस, पंैयूँ वा उखु गाडेर तुलसीको विवाह गर्ने चलन छ ।

तुलसीलाई विष्णुको प्रतीक मानेर व्रत बसेर पूजा गरे पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । ठूलो एकादशीको अवसरमा काठमाण्डुको बुढानिलकण्ठ लगायत विष्णुका मन्दिरहरुमा पूजा गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ । कालीगण्डकी किनारका तीर्थस्थलहरुमा स्नान गरी बिष्णुको अवतार मानिने शालिग्रामको पूजा गरे पुण्य मिल्ने धार्मिक बिश्वास पनि छ ।

व्रतालुले नुहाई धुवाइ गरी व्रत बसेर पूजा गर्ने र तरुल, सखरखण्ड, पाकेको फर्सि तथा फलफूल खाने चलन छ । तरुल र सखरखण्डले चिसोबाट हुने रोगबाट मुक्ति मिल्ने विश्वास छ ।

असार महिनामा पर्ने हरिशयनी एकादशीमा सुतेका भगवान विष्णु हरिवोधनी एकादशीमा निद्राबाट ब्युँझने र संसार नियाल्ने धर्मग्रन्धमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us