नेपाललाई लिडरसिप अवार्ड

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते १७:२७ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक–साउथ–साउथ कोअपरेसन र विकासका लागि संयुक्त राष्ट्रसंघ उच्चस्तरीय कार्यक्रमको रुपमा आयोजना हुने ग्लोबल साउथ–सउथ डेभलपमेन्ट एक्सपोमा दिइने सन् २०१३ को लिडरसिप अवार्ड नेपाललाई प्रदान गरिएको छ ।
राष्ट्रिय योजना आयोग र संघीय मामिला तथा स्थानीय विकास समन्त्रालय अन्तर्गत गरिबी र वातावरणलाई विकास कार्यक्रममा समाहित गर्दै लैजाने उद्देश्यले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र युनेपबाट सञ्चालित पोभर्टी इन्भाइरोमेन्ट इनिसिएटिभ कार्यक्रमले सम्पन्न गरेको सार्वजनिक क्षेत्रको जलवायु परिवर्तन सम्बन्धी कार्यक्रममा हुने लगानी र संलग्न संस्थागत प्रारुपको स्थिति पुनरावलोकन गर्न गरिएको अध्ययन र सो अध्ययनका अधारमा विकास गरिएको जलवायु परिवर्तन बजेट कोडको प्रयोगका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।
नेपाल सरकारले जलवायु परिवर्तन सम्बन्धी कार्यमा भएको बजेट विनियोजन, खर्च र जलवायु परिवर्तन कार्यमा संलग्न विभाग, मन्त्रालय र सम्बन्धित निकायबीच समन्वयमा सघाउ पुयाउन यस आर्थिक वर्षदेखि जलवायु परिवर्तन बजेट कोडलाई संस्थागत गरेको राष्ट्रिय योजना आयोगले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us