भारतीय कारमा बम प्रहार, दुई घाइते

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते १६:३६ मा प्रकाशित

तनहुँ, २६ कात्तिक–गोरखाको मनकामनाबाट पोखरातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको दुईवटा कारमा तनहुँको घाँसीकुवा–१ नाला भन्ने ठाउँमा अज्ञात समूहले मंगलवार साँझ पेट्रोल बम प्रहार गर्दा दुईजना घाइते भएका छन् ।
घाइेत हुनेमा भारतीय नागरिक ३० वर्षीय अनुराघ आनन्द र उनका २६  वर्षीया श्रीमती ज्योति आनन्द रहेका डुम्रे प्रहरी चौकीका प्रहरी निरीक्षक राजकुमार सिलवालले जानकारी दिए । घाइतेहरुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।
बम प्रहारबाट विआर ३३ एफ ७४११ र विआर०१ विइ ५७२३ नम्बरको कारको अगाडिको सिसा फुटेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us