दुबइ, २६ कात्तिक–मध्यपूर्व, उत्तर अमेरिका, अफगानिस्तान तथा पाकिस्तान (मेनाप) क्षेत्रमा लैङ्गिक बिभेद कम गर्नसके एक दशकमा कूल गार्हस्थ उत्पादन एक हजार अर्ब अमेरिकी डलर बराबर बढाउन सकिने अन्तर्राष्ट्रिय मुद्रा कोषले बताएको छ । कोषको क्षेत्रीय आर्थिक परिदृष्य मंगलवार सार्वजनिक गर्ने क्रममा त्यस्तो तथ्य आएको हो ।
लैङ्गिक बिभेदको अनेकौँ कारण भएको र त्यसमा सामाजिक, सांस्कृतिक, मान्यता तथा कानुनी वाधा भएको कोषको प्रतिवेदनमा उल्लेख छ । महिलाको शिक्षामा सहभागिता, काम गर्ने आमाबाबुलाई सुविधा, वेतनमा लैङ्गिक समानता तथा महिलालाई रोजगारीमा समान अवसर र उनीहरूको आवागमनलाई सहयोग गरी नीतिमा परिवर्तन गर्नसकिने पनि प्रतिवदेनमा उल्लेख छ ।
प्रतिवेदनमा सन् २००० देखि २०११ सम्म मानवीय संसाधानमा लैङ्गिक बिभेद ट्युनिसियामा ४५ प्रतिशत र अफगानिस्तानमा ६५ प्रतिशत रहेको उल्लेख गरिएको छ ।
कोषका मध्यपूर्व तथा मध्यएसियाका लागि निर्देशक मसुद अहमदले यस क्षेत्रमा लैङ्गिक बिभेद उदाउँदा बजार मुलुक समग्रको तुलनामा तीनगुणा अधिक रहेको बताए । उनले यस्तो भिन्नता दुईगुणामा घटाउन सकिए एक दशकमा कूल गार्हस्थ उत्पादन एक हजार अर्बले बढाउन सकिने बताए । उनले यस क्षेत्रको पूर्ण सम्भावनालाई उपयोग गर्न महिलालाई मानव संसाधानको रूपमा बढ्दो रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए । रासस/एएफपी