
काठमाण्डु, २६ कात्तिक– एकीकृत नेकपा माओवादीका नेता तथा मकावानपुर–२ का प्रत्यक्ष उम्मेदवार नारायणकाजी श्रेष्ठले काँग्रेसले एमाओवादीको मेची काली अभियाविरुद्ध उजुरी गर्नु पराजित मानसिकताको उपज रहेको बताएका छन् ।
एनले भनेका छन्, ‘ हामीले कहीँकतै पनि आचारसंहिता विपरीत काम गरेका छैनौ । त्यस खालको अभिव्यक्ति र उजुरी पराजित मानसिकताको उपज हो । त्यसको कुनै अर्थ छैन । बरु अरु दल हाम्रो अभियानबाट डराएर यो अभियान रोक्न प¥यो भन्दै कोकोहोलो गर्न थाले । यो पराजित मानसिकता बाहेक अरु केही पनि हुनै सक्दैन ।’
जनताको लहर एमाओवादीको पक्षमा देखिएपछि त्यसलाई रोक्न सकिन्छ कि भनेर काँग्रेसले नियतवश उजुरी गरेको बताउँदै उनले एक अन्तर्वार्ताका क्रममा भने, ‘हामीले अवरोध गर्ने के कार्यक्रम गरेका छौ त ? प्रस्ट भनिदिनुप¥यो । बरु हाम्रा उम्मेदवार कुटिएका छन् । हाम्रा कार्यकर्ताहरू घाइते भएका छन् । त्यसलाई के भन्ने ? हामीले सडकमा कार्यक्रम गरेका छैनौ । सडक भन्दा बाहिर कार्यक्रम गरेका छौं, जनता भेला भएका छन् ।’