
सर्लाही, २६ कात्तिक– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले बन्द र हड्ताल गर्नेहरुको मुख नै बन्द गर्न जनता जाग्नुपर्नेमा जिकिर गरेका छन् ।
खनालले नेकपा–माओवादी नेतृत्वको मार्चाले गरेको बन्दलाई लक्षित गर्दै खनालले भने, ‘बन्द हड्तालले जनतालाई सास्ती हुन्छ, अब बन्द गरौं, बन्द गर्नुपर्छ भनेर हिँड्नेहरुको मुख नै बन्ल गर्न जाग्नुपर्ने भइसक्यो ।’
आफ्नो चुनावी क्षेत्र सर्लाही–१ को क्षेत्रीय पार्टी कार्यालयको शिलान्यास गर्दै जनतालाई ढाँटेर चुनाव जित्न खोज्ने प्रवृत्ति मुलुकका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनले भने ‘आश्वासनका पोका बाँडेर चुनाव जित्छु भन्नु मूर्खता सिवाय अरू केही हुन सक्दै, तपार्इंहरु सबै सचेत बन्नुहोस् ।’
उनले एमालेले कहिले नढाँटेको जिकिर गर्दै जनतालाई लोभ लालच देखाएर चुनाव जित्ने प्रपञ्चमा एकीकृत माओवादी लागेको आरोप समेत लगाए । आफ्नो पार्टीले अघि सारेको बहुपहिचानयुक्त सङ्घीयताले मात्रै सामाजिक सद्भाव र राष्ट्रिय अखण्डा जोगाउन सक्ने दाबी गरे ।