काठमाण्डु, २५ कात्तिक–संविधानसभा चुनावको विरोधमा वैद्य माओवादी नेतृत्वको मोर्चाले सोमबार आह्वान गरेको देशव्यापी आमहड्तालको दिन काठमाण्डु उपत्यका सहित देशभरको जनजीबन प्रभावित भएको छ ।
काठमाण्डु उपत्यकामा फाट्ट फुट्ट गाडि चलेका छन् । माइक्रोबस, ट्याक्सी, मोटरसाइकल र केही ठूला गाडि चलेका देखिन्छन् । ट्याक्सीहरुले बन्दको मौका पारेर चर्को भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।
कोही गाडि नपाएर रिक्सा र ठेलागाडामा यात्रा गर्न बाध्य भएका छन् ।
सडकमा बन्दकर्ता भने देखिएका छैनन् । बन्दमा अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी तैनाथ गरिएको छ । चोक चोकमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद र म्यादी प्रहरीलाई खटाइएको छ ।
– तस्विरहरु : दिनेश श्रेष्ठ