छठलाई हिमालसम्म पुरयाउन सुझाव

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते ३:१९ मा प्रकाशित

Parmananda-Jhaकाठमाण्डु, २३ कात्तिक–छठका अवसरमा उपराष्ट्रपति परमानन्द झाले पर्वलाई तराई र पहाडमा मात्र नभई हिमालसम्म पु¥याइनुपर्नेमा जोड दिएका छन । उपराष्ट्रपति झाले शनिवार रानीपोखरी पुगी छठी माताको पूजा अर्चना गर्दै उदाउँदो सूर्यलाई अर्घ दिई विधिपूर्वक पूजा गरी प्रसाद पनि ग्रहण गरेपछि त्यस्तो धारणा व्यक्त गरेका हुन ।
उनले भने’छठ पर्व तराई–मधेसी समुदायमा मात्र नभएर अन्य पहाडी भेगमा पनि मनाउने चलन सुरु भएको छ, यसले हाम्रो समाजमा सहयोग र सद्भाव बढाएको छ,  यसलाई भविष्यमा हिमालसम्म पुयाएर छठको महत्व त्यहाँका जनतालाई बुझाउन जरुरी छ ।’
महान् चाड छठ समारोह समिति २०७० ले रानीपोखरीमा आयोजना गरेको छठ समापन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति झाले छठ सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा सद्भाव कायम गर्ने दरिलो पर्व हो भने ।
समारोह समितिका अध्यक्ष रामचन्द्र साहले सामाजिक सांस्कृतिक, सद्भाव कायम गर्न छठ पर्वको महत्वपूर्ण भूमिका रहेको बताए । रानीपोखरीमा शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर सुरु भएको छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us