
काठमाण्डु, २३ कात्तिक– उदाउँदो सूर्यलाई अर्घ दिएसँगै तराईबासीको महान चाड छठ विधिवत सकिएको छ ।
व्रतातुले शनिबार बिहान नदी, तलाउ, पोखरी तथा कुण्डलगायत जलाशयमा उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ सकिएको हो ।
उदाउँदो सूर्यलाई अर्घ दिन बिहानै जनकपुर, विराटनगर, वीरगञ्जलगायत तराईका विभिन्न स्थान र काठमाडौंका रानिपोखरी, वागमती, कमलपोखरी, गोकर्णलगायत नदी किनारमा भक्तजनको घुइँचो लागेको थियो ।
यसअघि छठको तेस्रो दिन शुत्रलबार व्रतालुले दिनभर विभिन्न पकवान तथा केरा, स्याउ र उखुजस्ता फलफूलसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर नदी तथा तलाउमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।
चार दिनसम्म हर्सोल्लासका साथ मनाइने छठमा व्रत बस्नाले चर्मरोग नलाग्ने, सन्तान प्राप्ति हुने र परिवारमा सुख, शान्ति तथा समृद्धि आउने जनविश्वास रहिआएको छ ।