सिरियाली सैनिकद्वारा पुनः कब्जा

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते १४:५३ मा प्रकाशित

बेरुत, २२ कात्तिक–सिरियाली विद्रोहीले यस वर्षको सुरुमा कब्जा गरेको आलेप्पो अन्तर्राष्ट्रिय विमानस्थलनजिकैको सैनिक शिविर पुनः सिरियाली सैनिकले शुक्रबार कब्जा गरेको मानवअधिकार समूहले शुक्रबार जानकारी दिएको छ ।
सिरियाको उत्तरी भागमा पर्ने यस इलाकामा स्थानीय समयानुसार शुक्रबार बिहान सबेरै ४ बजे सैनिक र विद्रोहीबीच भएको दोहोरो झडपपछि पुनः सैनिकले कब्जा गरेको सिरियन अबजरभेटरी अफ  ह्युम्यन राइट्सले जनाएको छ ।
सैनिक समूहलाई  लेबनानका आतङ्ककारी समूह हेज्बोल्लाह  र इस्लामिक  राज्य इराकका अल कायदा आतङ्ककारी समुहसमेतले सघाएको अब्जरभेटरी समूहले जानकारी दिएको छ ।
सुरुमा प्राप्त समाचारअनुसार सरकारी सेनाले गरेको यस शिविर कब्जामा विद्रोही र सैनिकबीचको झडपमा दुवै तर्फ हताहतीको भएको छ ।
सिरिया सन् २०११को मार्चदेखि राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलनमा  एकलाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको  मानवअधिकारीवादी समूहले जानकारी दिएको छ ।
यसैगरी यस आन्दोलनको क्रममा लाखौं व्यक्ति आफ्नो देश छोडी छिमेकी राष्ट्रमा शरणार्थी बन्न पुगेका छन् । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us