
दमक, २२ कात्तिक– संघीय समाजवादी पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष तथा पूर्व सभासद विजय सुब्बाले ठूला दलहरुको पक्षमासार्ने चलखेलमा लागेको आरोप लगाएका छन् । एमाओवादी, नेपाली काँग्रेस र एमालेले मङ्सिरकै २८/२९ गतेलाई निर्वाचनको मिति सार्न लागेको दावी नेता सुब्बाको छ ।
दमकमा स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष सुब्बाले ठूला दलहरुले आफ्नो पक्षमा जनमत नदेखेपछि निर्वाचन सार्ने चलखेलमा लागेको आरोप लगाएका हुन् । तोकिएकै समयमा संविधानसभा निर्वाचन हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘निर्वाचन विरोधी र निर्वाचन सार्न चलखेल गर्नेहरुविरुद्ध हामी छौं ।’
निर्वाचनमा कसैसँग पनि चुनावी तालमेल नगरिने भन्दै उपाध्यक्ष सुब्बाले निर्वाचनपछि आफ्नो पार्टी चौथो राजनीतिक दलका रुपमा स्थापित हुने दाबी गर । उपाध्यक्ष सुब्बाले उम्मेदवारी मनोनयन अघि एमाओवादी अध्यक्षसँग चुनावी तालमेल गरेर जाने विषयमा व्यापक छलफल भए पनि विश्वासको आधार नभएकाले तालमेलको सम्भावना अन्त्य भएको बताए ।