अछाम,बाजुरा,दार्चुला र हुम्लामा हिमपात,जनजीवन कष्टकर

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते ३:३५ मा प्रकाशित

humla-snow
नेपालगञ्ज २३ कात्तिक–हुम्लाबाट शुरु भएको हिमपात अछाम,बाजुरा र दार्चुलाका उच्च हिमाली भागमा पनि फैलिएको छ । हिमपातका कारण चिसोले त्यस क्षेत्रको जनजीवन प्रभाबित बनेको छ । बिहिवारदेखि एक्कासी  देखा परेको बादलले जिल्लाका उच्च भुभागमा हिमपात भएको छ भने सदरमुकाम मार्तडीमा सामन लिनका लागि  भित्रिने खच्चड, भेडालगायत यातायातका साधनलाइ आवत जावतमा समसस्या भएको छ । बाजुराका जुकोट, मार्तडी, विच्छया, दहकोट, कैलाशमाण्डौ, गुदुखाती,  काँडालगायतका गाविसका उच्च भुभागमा हिमपातसंगै जाडो बढेको छ । जाडो बढपछि बाजुरा क्याम्पसको भवनमा स्याउला छोछयाएर रात काटने म्यादी प्ररीलाइ समेत असहज भएको छ । एक्कासी बढेको जाडोले उनीहरु समस्यामा परिरहेका हुन भने हिमाली जिल्लाको सुचीमा सुचीकृत बाजुरामा यो वर्ष मंसिर नलाग्दै हिमपात भएको जानकारहरुले बताएका छन ।
दार्चुलाको व्यास गाविसको छागंरु र तिङ्करमा यो वर्ष पहिलो पटक हिउँ परेको छ । हिमपातपछि बढेको चिसोले जनजीवन प्रभावित भएको छ । शुक्रबार विहानैदेखि हिमपात सुरु भएपछि व्यास गाविसको छागंरुमा झण्डै एक फिट जति हिउँ जमेको छ । सौका समुदायको मात्रै वसोवास रहेको व्यास गाविसमा २ वटा प्रहरी चौकी छन् । दुई साता अघि देखि चिसो बढ्न थालेपछि तिङ्करमा  रहेको प्रहरी चौकी छागंरुमा सारिएको दार्चुलाका प्रहरी प्रमुख डिएसपी टिकाबहादुर केसीले जानकारी दिए । त्यसै गरी दार्चुलाको उत्तरी भेगका खण्डेश्वरी, घुषा, राप्ला, सितोला, गुल्जरलगायतका गाविसहरुमा चिसोका कारण जनजीवन कष्टकर बन्दै गईरहेको छ भने सदरमुकाम खलंगाको तापक्रममा पनी गिरावट आएको  छ ।
हुम्लामा भारी हिमपात,

हुम्लामा बिहिवारदेखि अविरल रुपमा हिमपात भइरहेको छ । हिमपातसँगै जाडो पनि अत्यधिकरुपमा बढेको छ । हिमपातका कारण तापक्रम शून्य डिग्री सेल्सियसभन्दा तल झरेकाले यहाँको जनजीवन कष्टकर बनेको छ । एक फिटसम्म हिउँ जमेकाले सर्वसधारण शुक्रबार बिहानैदेखि घर बाहिर निस्कन सकेका छैनन् ।

अविरल हिमपातका कारण निर्वाचन कार्यक्रम सञ्चालनमा अवरोध आएको छ । मतदान अधिकृत तथा सुरक्षकर्मीलाई मतदान केन्द्रसम्म पुर्‍याउन नेपाली सेनाको हेलिकोप्टर तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us