३३ दलीय मोर्चाको बन्दका अन्तरकथा

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते ११:५७ मा प्रकाशित

banda 2नेकपा–माओवादी नेतृत्वको मोर्चाले कात्तिक २५ देखि मंसिर ५ सम्म गरेको लामो बन्दका कारण मंसिर ४ को चुनाव विथोलिने हो वा कतै स्थगित हुने पो हो कि भन्ने अहिले धेरैको मनमा एउटै चिन्ता र चासोको विषय बनेको छ  ।

तर अव न त ३३ दलिय मोर्चाका कारण चुनाव रोकिने भयो न त उनीहरुले सोचे अनुसार चुनाव असफल पार्न नै, अनि न त संविधानसभामा उनीहरुको सहभागिता नै हुने भयो । जसका कारण ३३ दलीय मोर्चा सबैभन्दा बढी चिन्तामा परेको छ यतिबेला । अनि चुनावलाई असफल पार्न उसले अपनाएको बन्दको शैलीले अहिले सबैभन्दा चुनौती उसैलाई नै थपेको छ ।

पहिलो कुरा त बन्दको विषयलाई लिएर मोर्चा भित्रै असन्तुष्टि चुलिएको छ । एक पक्ष बन्दको समय छोट्याउने पक्षमा जोडतोडले उभिएको छ भने अर्को पक्ष त्यसको विपक्षमा । एक पक्षले कात्तिक २५ गतेदेखि आह्वान गरेको १० दिने आम हड्ताल छोट्याउने तयारी गर्दा अर्को पक्ष त्यसलाई निरन्तरता दिने मानसिकतामा छ । बन्दको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा आलोचना भएपछि बन्द छोट्याउने विषयमा छलफल भैरहेको मोर्चाका एक नेताले बताए । कात्तिक २५ गतेको साटो मंसिर १ गतेदेखि बन्द आह्वान गर्ने वा कात्तिक २५ र २६ गते सशक्त हड्ताल गरेर दुई तीन दिन फिर्ता लिने भन्ने विषयमा छलफल चलिरहेको ती नेताको भनाई छ ।

मोर्चामा आवद्ध केही दलले शुरु देखि नै १० दिने बन्द धेरै भन्दै छोट्याउनु पर्ने दबाब दिएका थिए र पछिल्लो पटक आलोचना भएपछि त्यसमा थप बल मिलेको स्रोतले जनाएको छ । यसका लागि २४ र २५ गते  कार्यदलको बैठक बस्ने भएको छ । ‘कार्यक्रम परिमार्जन हुन्छ’कार्यदलका एक जना सदस्यले भने– ‘विभिन्न सुझाव आएका छन, त्यसलाई सम्बोधन गरिनेछ ।’ तर नेकपा माओवादीका प्रवक्ता पम्फा भुसालले अहिलेसम्म बन्द कम गर्ने विषयमा कुनै कार्यक्रम नभएको यसअघि नै बताइसकेकी छन् ।

विहिबार काठमाण्डुमा भएको एक कार्यक्रममा नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले घोषित आमहड्ताल छोटिन सक्ने बताएका थिए । कात्तिक २५ गतेको आमहड्तालले नै चुनाव सार्न बाध्य पार्ने ठोकुवा गर्दै त्यसपछि आमहड्ताललाई निरन्तरता दिने आवश्यकता नपर्ने दावी गजुरेलको थियो । बन्द फिर्ता लिने कि निरन्ताता दिने भन्ने विषयमा एकमत नहुँदा मोर्चा फुट्न सक्ने भन्दै बन्दको विषयले मोर्चामाथि चुनौती थपिदिएको छ ।

‘१० दिनको बन्दमा केही दिन फेरबदल हुन सक्छ,’ ३३ दलिय मोर्चाका अर्का सदस्यले भने । नेकपा– माओवादीकै नेताहरु हड्तालका बारेमा जथाभावी बोलिरहेका छन्, त्यो उनीहरुको आधिकारिक निर्णय होइन । यसको जवाफ उनीहरुले दिनुपर्छ । अन्यथा यसले मोर्चालाई टिकाइ राख्न सक्दैन । बन्दको चुनौती त्यति मात्र होइन । अहिले आम नागरिक चुनावको पक्षमा देखिएका छन् । तर यसलाई नेकपा माओवादीले जर्वजस्ती जनता आफ्नै पक्षमा भएको दावी गरिरहेको छ । चुनाव असफल पार्न १० दिनको बन्दका कारण जनताबाट वहिस्कृत हुनु पर्ने अवस्थाले पनि चुनाव विरोधी मोर्चालाई झनै चुनौती थपेको छ ।

अडताल छोट्याउने वा नछोट्याउने सरकारको हातमा रहेको अर्का एक नेताको भनाई छ । सरकारले दमनको नीति नदिएर शान्तिपूर्ण रुपमा चुनाव गराउन खोजे आफूहरुले अवरोध नगर्ने भन्दै उनले भने ‘सरकार दमनको रुपमा उत्रिए, त्यसको हामी खरो प्रतिवाद गछौं । त्यसको जवाफ सरकारले दिनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us