
काठमाण्डु, २२ कात्तिक– नेपालस्थित अष्ट्रेलियाली राजदूतावासले प्रत्यक्ष सहयोग कार्यक्रमअन्तर्गत विभिन्न नौवटा सामाजिक संस्थालाई एक करोड तीस लाखभन्दा बढी रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइट आज दूतावासमा आयोजित एक कार्यक्रममा नेपालको स्वास्थ्य, सरसफाई, शिक्षा, सञ्चार विकास, क्यान्सर रोग उपचारलगायत क्षेत्रमा सेवा गर्दै आएका संस्थाका प्रमुख एवम् प्रतिनिधिलाई बेग्लाबेग्ले बैंक चेक हस्तान्तरण गरे ।
राजदूतावासबाट आर्थिक सहायता प्राप्त गर्नेमा रामछापस्थित तामाकोशी सहकारी अस्पताल, गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुला, माइती नेपाल, सिद्धिमेमोरियल अस्पताल भक्तपुर, अपाङ्गता भएकाहरुको राष्ट्रिय मानवअधिकार संरक्षण मञ्चलगायत छन् । रासस