निर्वाचनमा सघाउन मन्त्रालयहरुलाई ध्यानाकर्षण

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते १०:४१ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक– गृहमन्त्रीको संयोजकत्वमा गठित मन्त्रिपरिषद, आवश्यक सेवा सञ्चालन तथा व्यवस्थापन समितिको पहिलो बैठकले चुनावको काममा सघाउन सम्बन्धित मन्त्रालयहरुलाई लेखी पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषदबाट गठित समितिमा संघीय मामिला तथा स्थानीय विकास, अर्थ, भौतिक पूर्वाधार तथा यातायात र कृषि विकास मन्त्रीहरु सदस्य छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बास्कोटाका अनुसार शुक्रवार बसेको समितिको पहिलो बैठकले आगामी २०७० मंसिर ४ गते संविधानसभाको निर्वाचन सम्पन्न हुन गैरहेको वर्तमान ऐतिहासिक क्षणमा नेपाल सरकारका सबै मन्त्रालय र अन्तर्गतका सम्पूर्ण निकायहरुलाई निर्वाचन सम्बन्धी काममा विशेष क्रियाशील भै काम गर्न अनुरोध गर्ने र हरेक दिन आफू र आफू मातहतका आयोग, सचिवालय, समिति, संस्थान, विभाग र कार्यालयहरुमा निर्वाचन सम्बन्धमा गर्नुपर्ने कार्यहरु तत्काल सम्पन्न गर्न निर्देश गर्ने निर्णय गरेको छ ।

यसैगरी समितिको निर्णयमा सोको विवरण समिति समक्ष भोलिपल्ट ११ बजेभित्र अनिवार्य रुपमा स्वयं मन्त्रालयका सचिवहरुले लेखी पठाउन पनि निर्देशन दिएको छ । यसैगरी समितिको निर्णयमा हरेक मन्त्रालयका सचिवहरुले आफ्नो मन्त्रालयमा नियमित रुपमा निर्वाचन सम्बन्धी कामको समीक्षात्मक बैठक गर्न समेत निर्देश गर्न र कुनै विषयमा समितिको ध्यानाकर्षण गराउनुपर्ने भए तत्काल लेखी पठाउन पनि सम्बन्धित मन्त्रालयका सचिवहरुलाई निर्देशन दिईएको सचिव बास्कोटाले बताएका छन् ।

सचिव बास्कोटाका अनुसार समितिको बैठकले देहायका निकायहरुलाई निम्नानुसारको निर्देशन दिएको छ ।

News_govt_nepal_diccission

सचिव बास्कोटाका अनुसार समितिको वैठक भोलि २०७० कार्तिक २३ गते सुरक्षा निकायका प्रमुखहरुसँग हुनेछ । सो को लगतै समितिले अर्को वैठक मन्त्रालयका सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुसँग संयुक्त रुपमा हुनेछ । साथै, समितिको वैठक पं्रत्येक दिन बसी निर्वाचन सम्बन्धमा देशमा घटेका घटनाहरु र सो उपर लिईएको ‘एक्सन’बारे समीक्षा गरिने कुरा पनि सचिव बाँस्कोटाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us