मतदाता र उम्मेदवारको पनि विमा गर्न माग

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते १०:२७ मा प्रकाशित

election-voteकाठमाण्डु, २२ कात्तिक– अखिल नेपाल प्रगतिशील किसान महासंघले निर्वाचनमा भाग लिने मतदाता र उम्मेदवारहरुको पनि विमा गरिनु पर्ने माग गरेको छ । निर्वाचनमा जाने कर्मचारीलाई मात्रै १५ लाख रुपैयाँको विमा गर्ने सरकारी निर्णयले संविधानको मर्ममाथि प्रहार भएको भन्दै महासंघले मतदाता र उम्मेदवारको विमाको माग गरेको हो ।

महासंघले कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था विरुद्ध कर्मचारीको मात्र विमा गरिएको भन्दै विभेदपूर्ण व्यवहारको अन्त्य हुनु पर्ने माग गरेको छ । महासंघले शुक्रवार पत्रकार सम्मेलन गर्दै महासंघले ३० प्रतिशतभन्दा कम उम्मेदवारी दिनेले समानुपातिक मिलाउन नपर्ने वयवस्था संविधानको धारा १३ विरुद्ध रहेकोले त्यो ब्यवस्था खारेज गरी सबैलाई समानुपातिक गर्नु पर्ने व्यवस्थाको माग समेत गरेको छ ।

निर्वाचनमा प्रत्यक्षतर्फ १० लाख र  समानुपातिकतर्फ ७५ हजार खर्च गर्न पाउने व्यवस्था आर्थिक हैसियत भन्दा बढी भएकोले यस्तो अव्यवहारिक व्यवस्थालाई खारेज गर्नु पर्ने पत्रकार सम्मेलनमा संघका अध्यक्ष शम्भुप्रसाद पाण्डेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us