‘हिनामिना लुकाउन अनसनको नाटक’

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते ९:०२ मा प्रकाशित

mamata-jha-sajhaकाठमाण्डु, २२ कात्तिक– साझा प्रकाशनकी महाप्रवन्धक ममता झाले तीन दिनसम्म जारी राखेको अनसनलाई कर्मचारी संगठनने आर्थिक अनियमितता लुकाउन रचेको नाटकको संज्ञा दिएको छ।

आर्थिक अनियमितता गरी साझालाई धरायसी बनाएकी झाले कर्तुत लुकाउन नाटक रचेको कर्मचारी संगठनले आरोप लगाएको हो । ‘झाको अनशन भ्रष्टचार लुकाउन गरिएको नाटक हो’, साझा कर्मचारी संघका अध्यक्ष हरीभद्र घिमिरेले भने ।

झाले  सञ्चालक समितिलाई वास्ता नगरी एकल निर्णय गर्ने गरेको कर्मचारी संगठनको आरोप छ । प्रवन्धक तारा चालिसेलाई एकल निर्णयबाट बरखास्त गरिएको कर्मचारीहरुको भनाइ छ । ‘कर्मचारी नियमावली विपरित चालीसेलाई बरखास्त गरियो, यो अनशन पनि महाप्रवन्धकको नाटक मात्र हो । यसमा हाम्रो समर्थन छैन’, नाम नबताउने सर्तमा एक कर्मचारीले बताए ।

बरखास्तीमा परेकी प्रवन्धक चालिसे पनि महाप्रवन्धक झाको आर्थिक अनियमितताविरुद्ध आवाज उठाएकाले उनको एकल निर्णयबाट आफू बरखास्त भएको दाबी गर्छिन् । महाप्रवन्धक झा भने अनियमितता नगरेको उनको दाबी गर्दै कर्मचारी संगठनको आरोपको खण्डन गर्छिन् । उनले बताइन्, ‘अनियमितता भएको प्रमाणित गर्नुहोस् म सजायँ भोग्न तयार छु ।’

गत बुधबारबाट साझालाई निजीकरण हुनबाट जोगाउनुपर्ने, आत्मनिर्भर बनाउन १५ करोड रुपैयाँ उपलब्ध गराउनुपर्ने लगायत पा“च सुत्रीय मागसहित झा साझाको कार्यालय पुल्चोकमा अनशन बसिरहेकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us