अन्तरीक्षको चट्टान पृथ्वीमा ठोक्किदै

काठमाण्डु टुडे २०७० कार्तिक २१ गते २:०९ मा प्रकाशित

काठमाण्डु– अन्तरीक्षको चट्टान पृथ्वीमा ठोक्किएर सोंचेभन्दा पनि बढी क्षति पुर्याउन सक्ने बैज्ञानिकहरुले निष्कर्ष निकालेका छन् । विज्ञान पत्रिका नेचरमा हालै प्रकाशित अध्ययनअनुसार अन्तरिक्षको चट्टान ‘एस्टोरेज’ पृथ्वीमा ठोक्किने छ ।

यसैबर्ष रुसमा खसेको चट्टानभन्दा पछिल्लोपटकको चट्टानले धेरै क्षति पुर्याउने छ । रुसमा खसेको चट्टानले हजारौं घरका झ्याल ढोकामा क्षति पुगेको थियो भने १६ जना भन्दा बढि घाइते भएका थिए ।

सो चट्टान ६७ हजार ७ सय किलोमिटर प्रतिघण्टाको दरले पृथ्वीमा खसेको थियो । वैज्ञानिकहरुका अर्को चट्टान त्यो भन्दा पनि तीव्र गतिमा पृथ्वीतर्फ खसिरहेको छ । यद्यपी पृथ्वीमा खस्ने समयसीमा भने तोकिएको छैन । अन्तरीक्षको चट्टान पृथ्वीमा ठोक्किए धेरै क्षति पुर्याउने भन्दै वैज्ञानिकहरुले सचेत रहन विश्व समुदायलाई आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us