
काठमाण्डु, कात्तिक–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव लड्न लागेको काठमाडौं क्षेत्र नम्बर १० मा एकीकृत माओवादीकै कार्यकर्ता कुटिएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुको आक्रमणबाट एकीकृत माओवादीका १० जना कार्यकर्ता घाइते भएका छन् ।
घाईतेमध्ये २ जनाको अवस्था गम्भीर छ । घाइते सबैको स्थानीय बागेश्वरी अस्पतालमा उपचार भैरहेको छ ।
वाईसीएल प्रवक्ता रामप्रसाद सापकोटाका अनुसार शान्तिपूर्ण रुपमा देउसी–भैलो खेलिरहेकाबेला एकीकृत माओवादीका कार्यकर्ताहरुलाई काँग्रेस–एमालेका कार्यकर्ताहरुले एक्कासी आक्रमण गरेका थिए ।
शान्तिपूर्ण निर्वाचन अभियानमा रहेकाबेला गुण्डा लगाएर आफूहरु माथी आक्रमण भएको उनले बताए ।
उनले आक्रमणको बदला लिने चेतावनी समेत दिएका छन् ।