‘काँग्रेसको बहुमत आउने देखेर केहि शक्ति अत्तालिए’

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते ८:४७ मा प्रकाशित

Ramchandra-Paudelकाठमाण्डु, १८ कात्तिक–काँग्रेस उपसभापति रामचन्द्र पौडेलले काग्रेसको बहुमत आउने देखेर केही दल र शक्तिहरु अत्तालिएर चुनाव विरोधी गतिबिधि गरेको भन्दै त्यसतर्फ सचेत हुन आब्हान गरेका छन । सुरक्षा परिषदको प्रतिवेदनका वारेमा स्पष्ट पार्न सरकारलाई आग्रह गर्दै पौडेलले सबै दललाई मान्य हुने गरी निर्वाचन संसारमा कतै पनि हुन नसक्ने दावी गरे । उनले भने ‘धेरै भन्दा धेरै दल सहभागि निर्वाचन बैद्य हुन्छ ।’
काग्रेसको बहुमत पछि मुलुकले स्थायी सरकार र लोकतान्त्रिक सविधान पाउने भन्दै चुनाव भाड्नेहरुसँग सचेत हुन पौडेलले आग्रह गरे । पौडेलले मंसिर ४ गते घोषित संविधानसभाको निर्वाचनको विकल्प नरहेको भन्दै त्यसको लागि आवश्यक सम्पूर्ण सुरक्षा ब्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन ।
पौडेलले निर्वाचन बहिस्कार गर्ने माओवादी आफै बहिस्कृत भएर जाने ठोकुवा गरे । रिपोर्टर्स क्लब नेपालले सुरु गरेको “स्वतन्त्र निर्वाचन लोकतान्त्रिक संविधान“ नामको अभियान अन्र्तगत आयोजित साक्षात्कारमा उनले नेपाली जनता चुनावको पक्षमा रहेकोले चुनाव विरोधीलाई जनताले आफै ठिक लगाउने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us