असन्तुष्ट समूहलाई वार्तामा बोलाउन सरकारलाई आग्रह

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते ८:३७ मा प्रकाशित

झापा, १८ कात्तिक–पूर्वसभामुख तथा इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले)का उम्मेदवार सुवास नेम्बाङले संविधानसभा  निर्वाचन बहिष्कार गर्ने दललाई अविलम्ब वार्तामा बोलाउन सरकारलाई आग्रह गरेका छन । subash nembang
दमकमा सञ्चारकर्मीसँग कुरा गर्दैैै बहिष्कारमा उत्रेका असुन्तुष्ट समूहलाई ठोस वार्तामा बोलाएर सहमतिको निर्वाचनमा जोड दिनुपर्ने उनले बताए ।  नेता नेम्बाङको भनाइ थियो– “निर्वाचनसँगै असन्तुष्टसंँग वार्ताको कामलाई गति दिनुपर्छ ।” उनले अब निर्वाचनबाट मुलुकको सङ्कट फुकाउन सबैको प्रयास हुनुपर्ने बताए ।
निर्वाचन बहिष्कार गर्नु अलोकतान्त्रिक पद्धति भएको बताउँदै उनले मोहन वैद्य, कुमार लिङ्देनसहित नेतृत्वका बहिष्कारवादी दललाई प्रत्यक्ष, अप्रत्यक्ष रूपमा निर्वाचनमा सहयोग गर्न आग्रह गरे ।
चुलाचुलीमा आयोजित घरदैलो तथा चुनावीसभालाई सम्बोधन गर्ने क्रममा नेता  नेम्बाङले संविधानका मिल्न बाँकी विषयलाई संविधानसभाको निर्वाचनपछि टुङ्गो लगाइने बताए ।
विगतमा सेना समायोजन, धर्मनिरपेक्ष राष्ट्र, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता जस्ता मुख्य उपलब्धि हासिल गर्नमा आफूले महत्वपूर्ण जिम्मेवारी बहन गरेको जिकिर गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us