
काठमाण्डु कात्तिक–एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संबिधानसभा निर्वाचनले नेपाललाई नयाँ युगमा प्रवेश गराउने बिश्वास व्यक्त गरेका छन । नेपाल सम्वत् ११३४ को शुभारम्भको अवसरमासुख, शान्ति, र सम्बृद्धिको हार्दिक कामनासहितको शुभकामना व्यक्त गर्दै प्रचण्डले त्यस्तो धारणा व्यक्त गरेका हुन ।
‘देश संविधानसभा निर्वाचनको संघारमा रहेका बेला मनाउन लागिएको यो नया“ नेपाल सम्वत्ले नेपाल नया“ युगमा प्रवेश गर्ने ढोका खोल्नेछ भन्ने विश्वास आम जनसमुदायस“ग साट्न चाहन्छु’ सन्देशमा प्रचण्डले भनेका छन ‘यही मौलिक सम्वत्को अर्को वर्ष सुरुवातको अवसरमा आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा आगामी संविधानसभाको निर्वाचनमार्फत् जनपक्षीय र परिवर्तनकामी शक्तिलाई विजयी गराउन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु ।’
नेपाल सम्वतलाई प्रचण्डले नेपालको संस्कृति, संहिष्णुता तथा भाइचारा सम्बन्धको प्रतिकको रुपमा बिश्लेषण गरेका छन । सन्देशमा प्रचण्डले भनेका छन ‘जनस्तरबाट शुरु गरिएको नेपाल सम्वत् नेपालको मौलिक सम्वत् हो । राष्ट्रिय विभूति शङ्खधर साख्वाः ले ११३४ वर्षअघि समाजसेवामार्फत् सुरु गर्नुभएको यो सम्वत्लाई नेपालको मौलिक सम्वत्का रुपमा स्थापित गर्नका लागि पनि जनस्तरबाटै भूमिका खेलिएको छ । त्यसैले यो आम जनताको संघर्ष र गौरवको प्रतिक पनि हो ।’