वैद्य माओवादीका झापा जिल्ला इन्चार्ज पक्राउ

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते ५:४९ मा प्रकाशित

Dilli-ghimire-Hikmatकाकडभिट्टा, १८ कात्तिक–वैद्य माओवादीका झापा जिल्ला इन्चार्ज डिल्ली घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । घिमिरेलाई झापाको काकडभिट्टाबाट आइतबार राति ११ बजे प्रहरीले पक्राउ गरेको हो ।

चुनाव विरोधी गतिविधिमा संलग्न भएकोले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुई दिनअघि बनियानीमा भएको एकीकृत नेकपा माओवादीको सभामा प्रयोग भएको बसमा आगजनी गर्न घिमिरेले नै आफ्ना कार्यकर्तालाई निर्देशन दिएको प्रहरीको दावी छ । साथै नेता बाबुराम भट्टराईले सम्वोधन गर्ने सो सभालाई विथोल्न मेची राजमार्गका बिभिन्न स्थानमा बम राखिएको थियो ।

वैद्य माओवादीका झापा जिल्ला इन्चार्ज हिक्मत भनिने घिमिरेमाथि थप अनुसन्धान गरी कारवाही प्रकृया अघि बढाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us