आगलागीबाट लाखौ रुपैयाको क्षति

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते २:४७ मा प्रकाशित

काठमाण्डु १८ कात्तिक–मुलुकका बिभिन्न ठाउँमा आगलागी हुँदा लाखौं रुपैंयाको क्षति भएको छ । सुनसरीको दुहवीमा विहान ४ घण्टासम्म भएको आगलागीबाट झण्डै ५० लाख रुपैंया बराबरको क्षति भएको प्रहरीको अनुमान छ । विनोद भगत र संजिव भगतको घरमा रहेका झण्डै आधादर्जन पसल जलेर नष्ट भएका छन् । दीपावली गर्ने क्रममा बालिएको बत्तीबाट आगलागी भएको अनुमान छ । यस्तै उदयपुरको भुट्टार गाबिस वडानं ३ रामुटारमा पनि गएराति भीषण आगलागी भएको छ । आगलागीबाट १४ घरटहरा पुरै नष्ट भएका छन् । धान कुट्ने मिलको बिद्युत लाईन सर्ट भएर आगो लागेको स्थानीयबासिन्दाले बताएका छन् । आगलागीबाट केही पशुचौपाय मरेका छन् । यसैगरी रौतहटको गंगापिपराका त्रिसुदन झाको घरमा गएराति आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यस्तो गए राती धादिङको ज्यामरुङको एक पसलमा भएको आगलागीबाट करीव ५० लाख रुपैया बरावरको क्षति भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us