काँग्रेस र एमालेबीच झडप, चारजना घाइते

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते ५:४३ मा प्रकाशित

बेनी, १८ कात्तिक– म्याग्दीको गलेश्वर बजारमा नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप हुँदा दुबैतर्फका गरी चारजना घाइते भएका छन् । घाइतेमध्ये एमाले युवा संघका जिल्ला अध्यक्ष दिनेश केसीको अबस्था गम्भीर छ । पोखरामा उपचार सम्भव नभएपछि उनलाई काठमाण्डुको बाँसबारीस्थित न्यूरो अस्पताल रिफर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राती १० बजे झडप भएको हो । झडपमा एमालेका केसी र एकेन्द्र तिजिजा तथा काँग्रेस कार्यकर्ता विशाल बरुवाल र प्रेम रोका घाइते भएका छन् । बरुवालको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइहेको छ । अन्य दुईजना भने जिल्ला अस्पताल बेनीमा सामान्य उपचार पछि घर फर्केका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us