सुरक्षा व्यवस्था कडा बनाउन पोख्रेलको आग्रह

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते ४:४८ मा प्रकाशित

Shankar-pokhrelघोराही, १८ कात्तिक– नेकपा एमालेका सचिव शंकर पोखरेलले भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सरकारलाई शान्ति सुरक्षा कडा बनाउन आग्रह गरेका छन् । दाङको विजौरीस्थित आफ्नै निवासमा सोमबार पत्रकारसँग कुरा गर्दै नेता पोखरेलले यस्तो आग्रह गरेका हुन् ।

निर्वाचनमा आक्रमणका घटना भइरहेकाले सुरक्षा व्यवस्था बलियो बनाउनुपर्ने उनको जोड थियो ।

दाङ क्षेत्र नम्बर ४ का उमेदवारसमेत रहेका पोखरेलले नेकपा–माओवादीलाई शान्तिपूर्ण रुपमा बहिष्कारको कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गरे । जनतालाई मताधिकारबाट बन्चित गर्न नहुने उनको धारणा थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us