
काठमाण्डु, १८ कात्तिक–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव विरोधी दल र समूहको गतिविधि नियन्त्रण गर्न मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको ध्यानाकर्षण गराएका छन् । सोमबार विहान बालुवाटारमा भेट्दै प्रचण्डले एकीकृत माओवादीलगायत दलका उम्मेदवारमाथिको आक्रमण रोक्न रेग्मीको ध्यानाकर्षण गराएका हुन् ।
वैद्य माओवादीको गतिविधिलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था चुस्त र दुरुस्त पार्न प्रचण्डले आग्रह गरेको बताइएको छ । भेटमा आसन्न निर्वाचन र चुनौतिबारे छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
दोस्रो संविधानसभा चुनाव आउन अब १५ दिन बाँकी छ ।