ललितपुर, १८ कात्तिक–यात्रुबाहक बसबाट खसेर ललितपुरको नख्खुदोबाटोमा एकजना सहचालकको मृत्यु भएको छ । सानेपाबाट एकान्तकुना तर्फ आउँदै गरेको वा २ ख ७१३९ नम्बरको बसबाट खसेर सहचालकको मृत्यु भएको हो । मृत्यु भएका व्यक्तिको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन ।
बस र चालकलाई प्रहरी परिसर ललितपुरले नियन्त्रणमा लिएको छ ।