आगलागीबाट लाखौंको क्षति

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते २:५५ मा प्रकाशित

काठमाण्डु, १८ कात्तिक–देशका बिभिन्न स्थानमा भएको आगलागीबाट लाखौंको क्षति भएको छ । झापाको चारपानेमा राम पियारीको घर गएराती जल्दा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

विजुली सर्ट भएर घरमा आगो लागेको बताइएको छ । आगलागीबाट घरमा रहेका नगद र जिन्सी सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यसैगरी लक्ष्मीपूजाको दिन गरिएको दिपावलीबाट आगो सल्किएर स्याङ्जाको बामेथोक गाविसका ऋषीराम काफ्लेको घर जलेको छ । आगलागीबाट १० लाख मूल्य बराबरको धनमाल नष्ट भएको पीडित परिवारले जनाएका छन् ।

करिब ३ घण्टापछि स्थानीयले आगो निभाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us