
सल्यान, १८ कात्तिक वर्षाका कारण अवरुद्ध सल्यानको लुहामदेखि फालाबाङ्ग जोड्ने सडक सञ्चालनमा आएको छ । स्थानीयको श्रमदानमा ७ किलोमिटर लामो सडकखण्डमा यातायतका साधन सञ्चालनमा आएको हो ।
स्थानीय शरद शर्माका अनुसार स्थानीयले सडक मर्मतकालागि २१ हजार रुपैयाँ सम्म सहयोग गरेका थिए ।