
काठमाण्डु, १७ कात्तिक–एकीकृत माओवादीका नेता तथा काठमाण्डु क्षेत्र नम्बर ४ का उम्मेदवार नन्दकिशोर पुन पासाङको घर अगाडि नक्कली बम राखिएको प्रमाणित भएको छ । प्रेसर कुकरमा बालुवा भरेर रातो कपडाले बेरिएको अवस्थामा वीड मात्र देखिने गरी राखिएको प्रहरीले प्रमाणित गरेको हो ।
कपनको राम मन्दिरस्थित बसपार्क नजिकै रहेको ‘पासाङ’को निवासमा गेट अगाडी रहेको भनिएको बम कपन र बौद्धको प्रहरी टोलीले नक्कली भएको प्रमाणि गरेको हो ।