सीमा क्षेत्रमा सर्तकता अपनाइए पनि पटका आउन रोकिएन

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते ११:५० मा प्रकाशित

जनकपुरधाम, १७ कात्तिक–नेपाल भारतबीच रहेको खुला सीमाका कारण भारतबाट पटका आउने क्रम रोकिएको छैन ।
संविधानसभाको निर्वाचनलाई ध्यानमा राखी सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीले कडाइ गरे पनि भारतबाट पटका आउने क्रम जारी रहेको छ ।
खासगरी महोत्तरी जिल्लाको मटिहानी नाकाबाट जनकपुरमा पटका भित्रिने गरेको स्थानीय व्यवसायीहरू बताउँछन् ।
नेपाल–भारतबीच रहेको खुला सीमामध्ये मटिहानी, मधुवापुर नाका केही खुकुलो भएकाले सो नाकाबाट पटका भित्रिदै गरेको व्यवसायीहरूको भनाइ छ ।
सीमामा ड्युटीमा रहेका केही सुरक्षाकर्मीलाई आफ्नो पक्षमा पारी केही दिनयता भारतबाट जनकपुर बजारमा मात्र लाखाँै मूल्य बराबरका पटका, रकेटजस्ता अति प्रज्ज्वलनशील विष्फोटक पदार्थहरू भित्रिएको पाइन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us