राष्ट्रको जिम्मा एमालेले लिन्छ:नेपाल

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते ८:३४ मा प्रकाशित

Madhav-Kumar-nepalकाठमाण्डु,१७ कात्तिक–नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभाको निर्वाचनपछि राष्ट्र निर्माणको जिम्मा एमालेले लिने बताएका छन ।
मतदाता घरदैलो अभियानअन्तर्गत आइतवार इन्द्रायणी गाविसमा आयोजित कोणसभामा बोल्दै नेता नेपालले त्यस्तो धारणा व्यक्त गरेका हुन । उनले संविधान निर्माण र मुलुकको नेतृत्व गर्न एकीकृत नेकपा(माओवादी) पूर्ण रूपमा असफल भइसकेको जिकिरसमेत गरे ।
“संविधानसभा विघटनकर्ताले संविधान निर्माण र मुलुक सञ्चालनको नेतृत्व लिन सक्दैन” उनले भने “त्यसैले राष्ट्र निर्माणका लागि नेतृत्व लिन एमालेलाई बहुमत आवश्यक छ ।” नेपालले इन्द्रायणीका सबै वडाका मतदातास“ग भेटघाट गर्नुका साथै अन्र्तक्रियासमेत गरेका थिए ।––––––––

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us