
नुवाकोट, १७ कात्तिक–नुवाकोटको सुनखानी गाविसमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
काठमाण्डुबाट नुवाकोटको समुन्द्रटारतर्फ आइरहेको बा १ ख ८८५८ नम्बरको यात्रुबाहक बस आइतवार टोखा–छहरे सडकखण्डको सुनखानी–९ छहरेमा दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेहरुलाई उपचारकालागि काठमाण्डु पठाइएको छ ।