प्रचण्डले भने ‘बैद्य घोर दक्षिणपन्थीको एम्बुसमा परे’

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते १३:१२ मा प्रकाशित

काठमाण्डु १७ कात्तिक–एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य दक्षिणपन्थीको एम्बुसमा परेको बताएका छन । एमाले अखिलका पूर्व उपाध्यक्ष नवराज पौडेल,नेकपा–संयुक्तका समानुपातिकका दुई उम्मेदवार मोहम्मद अपूव र शिवादिन पाण्डे,नेकपा–माओवादीका नेवा राज्य समितिका सदस्य जगत सुनुवार लगायतका कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले त्यस्तो धारणा व्यक्त गरेका हुन । ‘बैद्यजी घोर दक्षिणपन्थी एम्बुसमा परेका देख्छु,दक्षिणपन्थीहरुको साधन भएको दुखद स्थिति छ’प्रचण्डले भने ‘नवराज पौडेल व्यक्ति प्रवेश गरेको होइन,ध्रुवीकरणको शक्तिशाली सन्देश हो ।’Nabaraj
नेपालमा बामपन्थीहरुको केन्द्रित गरी स्वाधिन र समृद्ध राष्ट्र बनाउन शक्तिशाली कम्युनिष्ट केन्द्रको आवश्यकतामा जोड दिदै प्रचण्डले संबिधानसभाको दोस्रो निर्वाचनलाई महाभारतको संज्ञा दिए । पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार आयोजित कार्यक्रममा प्रचण्डले भने ‘यो सत्य र असत्य,पहिचानका पक्षधर र पहिचान बिरोधी वीच देशव्यापी मोर्चा बन्दी बन्दै गएको छ ।’

अध्यक्ष प्रचण्डले आफ्नै निर्वाचन क्षेत्र काठमाण्डु–१० को घरदैलो कार्यक्रमपछि कीर्तिपुरको बाघभैरवमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाली जनताको ‘एजेन्डा’ बोकेका कारण आफ्नो पार्टीलाई पूर्ण बहुमत दिनुपर्ने बताएका छन ।
    उनले आगामी मङ्सिर ४ को संविधानसभाको निर्वाचन अन्तिम निर्वाचन भएको बताउँदै नेपाली जनताको परिवर्तनको सपना पूरा गर्न यो निर्वाचन सहायकसिद्ध हुने धारणा व्यक्त गरेका हुन ।
    जनतालाई अधिकार दिन नचाहनेहरु इतिहासको पानामा सिमित हुने तर्क गर्दै उनले नेपाली जनताको चेतनास्तर धेरै माथि उठेकाले जनतालाई कम नआक्न आग्रह गरे । संविधानसभा निर्वाचन जुनसुकै हालतमा भएर छाड्ने बताउँदै उनले मुलुकभर एमाओवादीको पक्षमा जनलहर उठेको दाबी गरे ।
    मुलुक निर्वाचनमय भएको बेला नेपाली जनताले जुनसुकै हालतमा पनि निर्वाचन सफल बनाएर छाड्ने छन् भन्दै प्रचण्डले अहिलेको निर्वाचन ‘जीवन र मृत्यु’ सरह भएको बताए ।
    स्वच्छ राजनीतिक प्रतिस्पर्धामा उत्रन अन्य राजनीतिक दललाई आग्रह गर्दै अराजनीतिक ढङ्गले प्रस्तुत हुँदा गलत सन्देश जाने पनि उनले आग्रह गरेका छन ।

 

प्रवेश गर्नेहरुको नामावली

१. नवराज पौडेल – अनेरास्ववियु निवर्तमान उपाध्यक्ष एवं नेकपा (एमाले) राष्ट्रिय प्रतिनिधि परिषद सदस्य
२. निमा वाइवा – नेकपा –एमाले) वागमती अञ्चल कमिटी सदस्य
३. कान्छा लामा – नेकपा –एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य
४. जगत सुनुवार – नेकपा – माओवादी नेवाः राज्य समिति सदस्य
५. दावा लामा ‘दिलिप’ – नेकपा–माओवादी सिन्धुपाल्चोक जिल्ला समिति सदस्य
६. तिलक विक – नेकपा–माओवादी मजदूर जिल्ला समिति सदस्य
७. मोहम्मद अपूव – नेकपा संयुक्त समानुपातिक उम्मेद्वार तथा काठमाडौं जिल्ला सदस्य
८. शिवादिन पाण्डे – नेकपा संयुक्त समानुपातिक उम्मेदवार तथा काठमडौं जिल्ला सदस्य
९. कमेरु दिन मेघा – नेकपा संयुक्त काठमाडौं जिल्ला सदस्य
१०. राम ब. तामाङ – नेकपा-माओवादी –माओवादी
११. तेते तामाङ – नेकपा-माओवादी –माओवादी सिन्धुपाल्चोक जिल्ला समिति सदस्य

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us