पर्यटकको भीडले विमानस्थल अवरुद्ध

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते ३:४३ मा प्रकाशित

सोलुखुम्बु, १७ कात्तिक–तेन्जिङ हिलारी विमानस्थल लुक्लामा तीन दिनदेखि नियमित उडान नहुँदा यात्रुहरु मर्कामा परेका छन् । सगरमाथा क्षेत्रको भ्रमण सकेर काठमाण्डु फर्कन लागेका तथा सगरमाथा क्षेत्र घुम्न आउने पर्यटक उडान नहुँदा मारमा परेका हुन् ।

बाक्लो हुस्सु तथा तुवाँलोका कारण उडान प्रभावित भएपछि लुक्लामा करिब एक हजारभन्दा बढी पर्यटक विमानको पर्खाइमा रहेका तारा एयरलाइन्स लुक्लाका स्टेसन इन्चार्ज फुनुरु शेर्पाले जानकारी दिए । तुवाँलो र हुस्सुका कारण हेलिकप्टर कम्पनीहरुले समेत सेवा प्रवाह गर्न सकेका छैनन् । अहिले फाटफुट रुपमा मात्रै हेलिकप्टर सञ्चालन भइरहेको छ ।

शनिबार तारा एयरलाइन्सले तय गरेको ३२ वटा उडानमध्ये कुनै पनि उडान हुन सकेन । अन्य विमान कम्पनीले तय गरेका उडान पनि हुन नसकेको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us