‘लोकतान्त्रिक संविधान बनाउन काँग्रेसले जित्नैपर्छ’

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते ३:५० मा प्रकाशित

Krishana-Prasad-Sitaulaभद्रपुर, १७ कात्तिक-नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक संविधान बनाउन काँग्रेसका उम्मेदवारहरुले चुनाव जित्नै पर्ने बताएका छन् । झापाको जलथलमा घरदैलो तथा कोणसभा कार्यक्रममा नेता सिटौलाले यसपालीको चुनावमा काँग्रेसले बहुमत ल्याउने दावीसमेत गरे ।

एकीकृत माओवादी, नेकपा एमाले देशलाई निकास दिन नसकेको भन्दै उनले देशलाई राजनीतिक संक्रमणकालबाट मुक्त गरी आर्थिक समृद्धिको बाटोमा डोर्याउन काँग्रेस मात्रै सक्षम रहेको धारणा राखे ।

उनले चुनाव विरोधी गतिविधि बन्द गरेर शान्तिपूर्ण राजनीतिक व्यवहार गर्न वैद्य माओवादीलाई सुझाव समेत दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us