रोयल्टीले सिर्जनामा हौसलाः अर्थमन्त्री

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते १३:२६ मा प्रकाशित

shankar koiralaकाठमाण्डु, १६ कात्तिक– अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आर्थिक दृष्टिले स्रष्टाहरुको सम्मान हुने परम्पराको थालनीले उनीहरुको सिर्जनामा हौसला पुग्ने बताएका छन् ।

सङ्गीत रोयल्टी सङ्कलन समाजले स्रष्टाहरुको रोयल्टी वितरण गर्न गरेको कार्यक्रममा मन्त्री कोइरालाले स्रष्टाहरुप्रति सरकार कति संवेदनशील छ भन्ने यस्तै क्रियाकलापबाट पुष्टि हुने बताए । साहित्यकारसमेत रहेका मन्त्री कोइरालाले प्रविधिका माध्यमबाट हुने अनधिकृत प्रयोगबाट स्रष्टामाथि पर्ने अन्याय कम गर्न सबै चनाखो हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘बौद्धिक सम्पत्तिको रक्षा गर्न तपाईंहरुसँग सहकार्य गर्न सरकार तत्पर छ ।’सो अवसरमा मन्त्री कोइरालाल २९ गायक र ३२ जना सङ्गीतकारलाई रोयल्टी प्रदान गरेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us