चुनावमा भोट हाल्न र तिहार मनाउन नेपालीहरु घर फर्कंदै

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते ६:४२ मा प्रकाशित

बाँके, १६ कात्तिक–रोजगारीका लागि भारत गएका नेपालीहरु तिहार मनाउन र संविधानसभा निर्वाचनमा भोट खसाल्न घर फर्कन थालेका छन् ।     मध्यपश्चिमाञ्चलको प्रमुख नाका मानिएको सीमावर्ती जमुनाह नाकाबाट अहिले दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् ।
कामका लागि भारतको हिमाञ्चल गएका मध्यपश्चिमाञ्चलका जाजरकोट, सुर्खेत, सल्यान, दैलेख, रुकुम, रोल्पा, जुम्लालगायत जिल्लाका नेपालीहरु अहिले सो नाका भएर धमाधम फर्किरहेका हुन् ।
उनीहरुमध्ये अधिकांशले तिहार मनाउन र भोट हाल्न घर फर्किएको बताएका छन् । जाजरकोट जक्तिपुर–९ का खगेन्द्र विकले पहिलोपटक भोट हाल्न आफू नेपाल फर्किएको बताए ।
“मलाई पहिलोपटक भोट हाल्दा कस्तो अनुभव हुन्छ भन्ने खुल्दुली लागेको छ,” उनले भने “यसपाला तिहार पनि मनाउने र भोट पनि हाल्ने हो । आफूले पाएको अधिकार त त्यसै छाड्नु भएन नी । त्यसपछि फेरि उतै फर्कन्छु ।”
खगेन्द्रस“गै जाजरकोट भुर– ५ गिमाका हीरालाल  टमाटा पनि चुनावलाई मध्यनजर गरी आफू घर फर्किएको बताउछन । “भारतबाट अलि पछि फर्कने थियौँ । नेताले पनि गाउ“बाट फोन गरे । तिहार पनि मनाइन्छ, भोट पनि हाल्न पाइन्छ भनेर हि“ड्यौँ,’ उनले भने ।
समूह बनाएर आफूहरु ११० जना फर्किएको र अरु पनि भोट हाल्नैका लागि फर्किने तयारीमा रहेको हीरालालले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us