
दाङ, १६ कात्तिक–अज्ञात समूहले दाङमा भारतीय ट्रकमा आगजनी गरेको छ ।
घोराही–लमही सडक खण्डको लक्ष्मीपुर–१ मसोट खोला नजिकै रहेको सोनापुर सिमेन्ट उद्योगको सामान लोड गरिएको यूपी २७ टी २९७१ नम्बरको ट्रकमा शुक्रबार राति आगजनी भएको दाङ प्रहरीले जनाएको छ ।
आगजनीबाट ट्रक जलेर पूरै नष्ट भएको छ । आगजनीमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका उपरीक्षक शरद खत्रीले जानकारी दिए । आगजनीमा संलग्नको पहिचान नभएको र खोजीकार्य जारी रहेको खत्रीले बताए ।
दाङमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी कार्यकर्ताले एमाले उम्मेदवार शंकर पोखरेल र शान्ता चौधरीको गाडीमा आगजनी गरेका थिए ।