मौरी गाउँ टक्सारमा आधुनिक घार

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते ११:१७ मा प्रकाशित

beeपुतलीबजार, १५ कात्तिक– स्याङ्जाको टक्सार गाविसलाई मौरी गाउँ घोषणा गरिएको छ । गाविसका सबै वडामा परम्परागत साथै आधुनिक घारसहित मौरीपालन विस्तार भएपछि कृषि विकास कार्यालयले मौरी गाउँ घोषणा गरेको हो ।

कार्यक्रममा कृषि कार्यालयका योजना अधिकृत इन्द्रमणी अधिकारीले कृषकलाई व्यावसायिक बन्न आग्रह गर्दे टक्सार गाविसमा मौरीको व्यावसायिक खेतीका लागि विशेष पहल गर्ने बताए । त्यस्तै बाली संरक्षण अधिकृत नवराज भण्डारीलगायतले टक्सारलाई मौरी उत्पादनमा नमुना बनाउन कार्यालयले सहयोग पुर्‍याउने बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us