कारवाही गर्न सरकार पछि पर्दैनः मन्त्री श्रेष्ठ

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते १०:११ मा प्रकाशित

RamKumarShresthaकाठमाण्डु, १५ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले समाजमा अराजक गतिविधि र हिंसा फैलाउन खोज्ने जो कोहीलाई पनि कानुन बमोजिम कारवाही गर्न सरकार पछि नपर्ने बताएका छन् ।

निर्वाचनलाई मर्यादित, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार कटिबद्ध रहेको र यसका लागि सबै तयारी पूरा भइसकेको उनले बताए । मन्त्री श्रेष्ठले पत्रकारसँग कुरा गर्दै शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गराउन दल, नागरिक समाज, बुद्धिजीवी र समाजका हरेका वर्गलाई आग्रह गरे ।

उनले केही तत्वले उम्मेदवारका गाडी जलाउने र निर्वाचन सामग्री च्यात्ने कार्य गरेकोप्रति दुःख प्रकट गर्दै भने, ‘शान्तिपूर्ण विरोध र बहिष्कार गर्न पाउने अधिकार सबैलाई छ, तर स्वतन्त्ररुपमा  हिँडडुल गर्न पाउने र मतदान गर्न पाउने नागरिकको मौलिक हकलाई कसैले हनन गर्न पाइँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us