एमाओवादी उम्मेदवार भण्डारीको गोठमा आगजनी

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते ४:२८ मा प्रकाशित

कैलाली, १५ कात्तिक–एकीकृत नेकपा माओवादी कैलाली क्षेत्र नम्बर ६ की उम्मेदवार लीला भण्डारीको गोठमा अज्ञात समूहले आगजनी गरेको छ । विहीबार राती १ बजेको समयमा नचिनेका मान्छेहरुको समूहले गोठमा आगजनी गरेका हुन् ।

आगजनीबाट गोठमा सामान्य क्षति पुगेको भण्डारीले जानकारी दिइन् । आगो लगाएको थाहा पाएलगत्तै स्थानीयहरु भेला भएर आगो निभाएका थिए ।
आगो लगाउने समुहको भने पहिचान भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us