राजधानीमा सुरक्षा व्यवस्था कडा

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते ११:०३ मा प्रकाशित

काठमाण्डु, १५ कात्तिक–सरकारले चुनावलाई लक्षित गरी काठमाण्डु उपत्यकामा सुरक्षा निगरानी बढाएको छ । निर्वाचन विरोधी गतिविधि रोक्न सुरक्षा जाँच बढाइएको हो ।

प्रहरीले काठमाण्डु, ललितपुर र भक्तपुरका बिभिन्न स्थानमा छड्के जाँच जारी राखेको छ भने चोक चोकमा प्रहरी टोली खटाइएको छ । राजधानी काठमाण्डु भित्रिने नाकाहरुमा पनि विशेष निगरानी बढाएको छ । प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा पनि अघिल्ला दिनका तुलनामा जाँच कडा पारिएको छ ।

गृहमन्त्रालयले सुरक्षा व्यवस्था चुस्त र दुरुस्त राख्न मातहतका सबै निकायलाई निर्देशन दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us