
ललितपुर, ८ कात्तिक–ललितपुरको जावलाखेलमा शुक्रबारदेखि सातौं गोदावरी पुष्प मेला हुँदैछ । तिहारलाई लक्षित गरी कृषि विभाग र फ्लोरीकल्चर एसोसियसन नेपालको आयोजनामा मेला हुन लागेको हो ।
कृषि विभागका कृषि व्यवसाय प्रवद्र्धन विभाग प्रमुख रोजलीन महर्जनका अनुसार मेलामा २८ वटा स्टल रहनेछन् । तिमध्ये चारवटा प्रतिस्पर्धात्मक स्टल रहने छन् । उत्कृष्ट स्टललाई पुरस्कृति गरिने छ ।
मेला कार्तिक १० गतेसम्म चल्ने छ । नेपालमा हाल ३६ जिल्लामा करिब ३ सय ३६ फर्मले १ सय २० हेक्टर जमिनमा फूलखेती गर्दै आएका छन् ।