जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

काठमाण्डु टुडे २०७० कार्तिक ७ गते १२:०६ मा प्रकाशित

पाल्पा, ७ कात्तिक – पाल्पामा बिहीबार भएको जीप दुर्घटानामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ११ जना घाइते भएका छन् ।
चिर्तुङधारामा रहेको भारतीय पेन्सन क्याम्प चिलाङदीबाट जल्पा जाँदै गरेको लु १ ज १२३० नम्बरको जीप चिदीपानी–३, भुटुकेभन्ज्याङमा दुर्घटना भएको हो ।

दुघर्टनामा बहादुरपुर–२ की ६३ वर्षीया भूमीसरा बारघरे, जल्पा–९ की २६ वर्षीया ज्ञानीसरा सारु,  जल्पा– ९ का ८६ वर्षीय बदलसिंह सारु र जल्पा–७ की ५० वर्षीय चन्द्रबहादुर बारघरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us