कसैको पनि बहुमत नआए मुलुकले थप दु:ख पाउँछ: प्रचण्ड

काठमाण्डु टुडे २०७० कार्तिक ७ गते १२:२५ मा प्रकाशित

तेह्रथुम, ७ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न संविधानसभाबाट कुनै पनि दलले बहुमत ल्याउन नसके मुलुक थप संकटको भूमरीमा फस्ने बताएका छन् ।
savaतेह्रथुम सदरमुकामा म्याग्लुङमा बिहीबा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले कसैको पनि बहुमत नआए मुलुकले स्थिर सरकार र संविधान नपाउने नबन्ने तथा मुलुक र जनताले थप दु:ख पाउने बताए । उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक नेपाल निर्माण अभियानको अगुवाका हैसियमा आफ्नो पार्टीलाई बहुमत दिन अपिल गरे ।

उनले आफ्नो पार्टीको बहुमत आए मुलुकलाई एक वर्षभित्र संविधान र स्थायी सरकार दिनुका साथै आर्थिक समृद्धि मार्फत नेपाललाई १० वर्षमा विकसित मुलुकमा रुपान्तरण गर्ने दाबी गरे । ‘भारतमा सुवास चन्द्र बोसले तपाईं मलाई रगत दिनुस् म मुक्ति दिन्छु भनेका थिए’, प्रचण्डले भने, ‘तपाईंहरुले हाम्रो आह्वानमा भएको जनयुद्धमा रगत दिइसक्नुभएको छ । म यतिबेला भन्न चाहान्छु, तपाईं हामीलाई मत दिनुस्, हामी १० वर्षमा नेपाललाई समृद्ध बनाएर देखाइदिनेछौं ।’
राजनीतिक अस्थिरताका कारण पटकपटक सरकार फेरिनु नेपाल विकसित हुन नसक्नुको प्रमुख कारण रहेको उनको भनाइ थियो । उनले २००७ सालदेखि अहिलेसम्म कुनै पनि सरकारले पूरै समय काम गर्न नपाएको चर्चा गर्दै आगामी संविधानसभाको परिणामले त्यस्तो अवस्था अन्त्य गर्ने विश्वाससमेत व्यक्त गरे ।

२०७४ सालमा बीपी र काँग्रेस तथा २०४६ सालको आन्दोलनपछि एमाले र मदन भण्डारीलाई जस्तै अहिले आफ्नो पार्टी र त्यसको प्रमुख नेताका रुपमा आफूलाई इतिहासले गम्भीर जिम्मेवारी दिएको र उक्त जिम्मेवारी पूरा गर्न आफू प्रयासरत रहेको उनले बताए ।

प्रचण्डले चाहना भएर पनि विगतमा बहुमत नहुँदा संविधान जारी गर्नर्ुका साथै जनता, सहिद तथा बेपत्ता परिवार  र घाइतेका पक्षमा काम गर्न नसकेको भन्दै यसपटक बहुमत दिन आग्रह गरे ।

उनले गत संविधानसभाले ८० प्रतिशत काम सम्पन्न गरिसकेकाले बाँकी काम ६ महिनामा सम्पन्न गरी एक वर्षमा संविधान जारी गर्न सम्भव रहेको दाबी गरे । विवादित विषयमा पहिलो ६ महिना सहमतिको प्रयास गर्ने र नभए संविधानसभाको  पूर्ण बैठकमा मतदानमार्फत छिनोफानो गर्ने सहमति दलहरुबीच भइसकेकाले यसपटक पनि संविधान बन्दैन कि भन्ने आशंका नगर्न प्रचण्डले आग्रह गरे ।

जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले मात्र संघीय गणतन्त्रको नेतृत्व गर्न र देशलाई आर्थिक समृद्धिको बाटोमा अग्रसर गराउन सक्ने भएकाले आफूहरुले उक्त एजेण्डा अघि सारेको बताए ।
कार्यक्रममा काँग्रेस ताप्लेजुङका पूर्वसभापति लेखध्वज तुम्बाहाम्फे, पूर्वकोषाध्यक्ष विजय सम्बाहम्फे र काँग्रेसनिकट लिम्बु संघका केन्द्रीय अध्यक्ष अर्जुनबाबु माबुहाङसहित करिब एक सय ५० जना एकीकृत माओवादी प्रवेश गरेका छन । अध्यक्ष प्रचण्ड ३८ वर्षपछि ताप्लेजुङ सदरमुकाम पुगेका हुन् ।

उनी चितवनको रामपुर कयाम्पसमा बीएसस्सी एजीको पठाई सकेर अध्यापनका लागि ३८ वर्षअघि म्याग्लुङ पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us