संघीय समाजवादीबाट चुनावी घोषणपत्र सार्वजनिक

काठमाण्डु टुडे २०७० कार्तिक ७ गते १०:१३ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक– अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले पहिचानमा आधारित १४ प्रदेशको संघीयतासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
ashok raiकाठमाण्डुको महाराजगञ्जस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरी अध्यक्ष राईले घोषणापत्र सार्वजनिक गरेका हुने । संघीय समाजवादीले विघटित संविधानसभाको राज्य पुर्नसंरचना समितिले तयार पारेको१४ प्रदेशको प्रस्तावलाई स्वीकार गर्दै घोषणात्रमा समेटेको छ ।

संघीय समाजवादीले प्रदेशहरुको निर्माण प्रतिस्पर्धात्मक नभई सहकारी संघीयताको मान्यताअनुसार हुनुपर्ने अवधारणा अघि सारेको छ । उसले आफ्नो घोषणापत्रमा समावेशी राष्ट्रपतीय प्रणाली प्रस्ताव गरेको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति संघीय सरकारको पनि कार्यकारी प्रमुख हुने प्रस्ताव उसको छ ।

राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक प्रदेशबाट हुनुपर्ने प्रस्ताव घोषणापत्रमा गरिएको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले संघीय व्यवस्थापिकाको सिफारिसमा प्रधानमन्त्री नियुक्त गर्न सक्ने अवधारणा संघीय समाजवादीले अघि सारेको छ ।

यस्तै सबै तहमा निर्वाचित कार्यकारी प्रमुखसहित सहकार्यात्मक सरकारको प्रस्ताव छ । सबै प्रशेदका मुख्यमन्त्री पनि प्रत्यक्ष प्रणालीबाट चुनिने प्रस्ताव गरिएको छ । घोषणपत्रमा कांग्रेस–एमालेलाई यथास्थितिवादी र प्रतिक्रियावादी शक्ति किटान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us