
काठमाण्डु, ७ कात्तिक– राष्ट्रपति रामवरण यादव र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीबीच आज भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा बिहान भएको भेटमा राष्ट्रपति यादवले सरकारका तर्फबाट भइरहेको निर्वाचन सुरक्षाको तयारीबारे जानकारी लिएका थिए । जवाफमा अध्यक्ष रेग्मीले सरकार स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन गर्न लागिपरेको बताएका थिए ।
अध्यक्ष रेग्मीले निर्वाचन सुरक्षामा सरकारले कुनै कसर बाँकी नराख्नेमा राष्ट्रपतिलाई आश्वस्त तुल्याएको उनको निजी सचिवालयले जनाएको छ ।