बन्द हड्ताल गर्नेलाई जनताले प्रतिकार गर्छन: प्रचण्ड

काठमाण्डु टुडे २०७० कार्तिक ७ गते ७:१० मा प्रकाशित

विराटनगर, ७ कात्तिक– एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा निर्वाचन लागिसकेको अवस्थामा कसैले prachanda_communist_fistबन्दहड्ताल गरेमा जनताले तिरस्कार एवम् प्रतिकार गर्ने बताएका छन् ।
बिहीबार बिहान यहाँ पार्टी कार्यकर्तासँगको भेटमा अध्यक्ष दाहालले जनताको  माग सम्बोधन गर्ने गरी हुन लागेको आगामी संविधान निर्माणका लागि बन्दहड्तालको कुनै अर्थ नरहेको बताए ।

उनले लोकतान्त्रिक संविधान निर्माणका लागि परिवर्तनकारी र सङघीयता पक्षधरसँग निर्वाचनमा सहकार्य गर्न आफूले पहल सुरु गरेको जानकारी दिँदै निर्वाचन भएको एक वर्षभित्र जसरी भए पनि संविधान बनाउने विषयमा मुख्य राजनीतिक दलबीच सहमति कायम भएको दाबी गरे ।
यसैबीच अध्यक्ष प्रचण्डले आगामी संविधासभाको निर्वाचनमा कसैको पनि बहुमत नआए मुलुक दुर्घटनामा फस्ने बताएका छन् ।
धरानको भानुचोकमा पार्टीको सुनसरी–१ ले गरेको चुनावी सभामा बोल्दै उनले कसैको बहुमत नआए दुर्भाग्य हुने भन्दै आफ्नो पार्टीलाई बहुमत दिन मतदातालाई अपिल गरे ।

विगतमा विपक्षीले माओवादीको १०/१५ सिट आउने प्रक्षेपण गरेका बेला ठूलो पार्टी भएको भन्दै उनले यसपालि विरोधीले नै ठूलो पार्टी हुने बताएकाले बहुमत आउने दाबी गरे । उनले पहिलो संविधानसभाको चार वर्षमा संविधान जारी गर्न असफल भए पनि आगामी दिनका लागि त्यसबाट सबैले शिक्षा लिन सकिने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us